23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeआर्थिककान्तिपुर मलले मङ्सिर १ गते उपहार बिजेता घोषणा गर्ने

कान्तिपुर मलले मङ्सिर १ गते उपहार बिजेता घोषणा गर्ने

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभएको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो।

विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ । मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । कार्तिक महिनाको अन्त्य सम्म कान्तिपुर मलमा रु एक हजार भन्दा माथिको सपिङ गर्दा ग्राहकहरुले उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कारहरुमा मेमा कम्पनिको घडी,आईरन,लाईट लगायत छ्न् । चारै कुनामा सिसिटिभी जडान गरिएको र जुनसुकै बेला पनि सेक्युरिटी गार्डको प्रवन्ध गरिएकाले किनमेल गर्न कान्तिपुर मल ग्राहकका लागी सुरक्षित रहेको कान्तिपुर मलको दाबी छ।

भर्खरै प्रकाशित

your adv here