23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जनगीतकार निरकमलको ‘कहाँ राखुँ प्रिय’सार्वजनिक(भिडियो)

गीतकार निरकमलको ‘कहाँ राखुँ प्रिय’सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो ।


लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल ,नायक श्रीदेव भट्राई,गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी गरेकाले सोचेको जस्ता परिणाम पाएको कुरा बताउनुभयो ।

प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो। गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलरिगं रहेको थियो ।

लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त ‘छन्दे’ हांस्य कलाकारको रुपमा चर्चित छन ।

अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजाईनर सुमित रजक रहेका थिए । बैजु खड्काको प्रस्तुती रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो ।

उत्कृष्ट गीत रचना गर्दै आईरहेका गीतकार निर कमलका यस अघि केहि गीतहरु लोकप्रिय रहेका छन । बेल्जियममा रहेर पनि नेपाली गीत संगीतमा झुकाव राख्दै निरन्तर लागि पर्दै आएका निर कमल झण्डै दुई दशक भन्दा लामो समयदेखि गीत संगीतमा सक्रिय रहदै आईरहेका छन । गीत श्रृजनमा साथ दिदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठलेले भिडियो निर्माणमा सहयोगी भूमिका खेलेका थिए ।

भर्खरै प्रकाशित

your adv here