20.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जननिर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ ।

नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन मियाँले गरेका छन् ।

त्यसै गरी स्थिर छायांकारका रुपमा राजन खरेल रहेको उक्त म्यूजिक भिडियोलाई एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका हुनर । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको  उक्त म्युजिक भिडियोलाई निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन ।

भर्खरै प्रकाशित

your adv here