20.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जननिर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ ।

नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन मियाँले गरेका छन् ।

त्यसै गरी स्थिर छायांकारका रुपमा राजन खरेल रहेको उक्त म्यूजिक भिडियोलाई एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका हुनर । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको  उक्त म्युजिक भिडियोलाई निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन ।

भर्खरै प्रकाशित

your adv here