17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिहामीले कस्तो देश बनाउन चाहेको हो ?

हामीले कस्तो देश बनाउन चाहेको हो ?

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डिआर उपाध्याय,

अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । ब्यवस्था परिवर्तन भएको पनि यति धेरै बर्ष भैसक्यो तर जनताको अबस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन । राजनीतिक दलहरु सरकारमा पटक पटक गए तर जनताको मर्म बुझने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्टि छन । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिस्टलाई बहुमत दिए । तर कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरु बीच बिवाद चुलीदै गए पछि अन्ततः एक ठाउँ रहन सकेनन् ।

माधब नेपालले पार्टी नै फुटाए । आज कम्युनिष्टहरु अलक अलक हुँदा धेरै कमजोर देखिएका छन । कम्युनिष्टका नेताहरु पदका लागी फुटछन । यो कुरा इतिहासले प्रष्ट पार्दै पनि आएको छ । कम्युनिष्टहरु पटक पटक सरकारमा गए जनताको पक्षमा के काम गरेर देखाए ? यी कुरा जनताले बुझिरहेका छन । जुन सुकै पार्टी पनि लोकप्रिय हुन जनहितमा काम गरेको हुनु पर्छ । जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन । देशमा युवाहरूले रोजगारीको अबसर नपाएर बिदेशीन बाध्य छन ।

देशमा भएका राजनीतिक दल र तिनका नेताहरु प्रति जनताको वितृष्णा छ । त्यसैले स्थानीय तहको निर्वाचनमा बालेन र हर्कहरूको उदय भयो । अहिलेको चुनावमा रबि लामिछाने जस्ता युवाले नेतृत्व गरेको नयाँ दलहरुको उदय भएको छ । रवि लामिछानेले ५ महिनाअगाडि स्वतन्त्र दल दर्ता गरे । र निर्वाचनमा भाग लिए । राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले मतदानमार्फत असन्तुष्टि पोखे । यस निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसदमा प्रवेश गरेका छन् ।

नेपालको राजनीतिमा नयाँ दल आउने र विलय हुने गरेको पनि हामी देखेका छौ । अहिलेसम्म मुलुकले राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन । त्यसो भएर पनि देशमा समस्या आएको हो । तीन दशकदेखि राजनीतिमा रहेका तिनै पुराना नेताहरु फेरि दोहोरिएर आएका छन । अब जनताले उनीहरुबाट के आश गर्ने ? देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै फेरि दोहोरिएर आउनु भनेको देशका लागी दुरभाग्य हो । हामीले कस्तो देश बनाउन चाहेको हो ? अब सोच्नु पर्ने बेला भएको छ । कुरा गरेर मात्र हुदैन अब जनता परिणाम खोजिरहेका छन । नेताका भाषणमा जनताको कुनै बिश्वास छैन । अहिलेको यो अबस्थामा जनता आफै सचेत छन ।

भर्खरै प्रकाशित

your adv here