19.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeअन्तर्वार्तासंवाद, सहमती र सहकार्यको राजनीति

संवाद, सहमती र सहकार्यको राजनीति

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

-डा.डिआर उपाध्याय,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको बाटोमा जान लागेको त होइन भन्ने प्रश्न पनि उठने गरेका छन । संवाद, सहमती र सहकार्य आजको आबश्यकता पनि हो । देश बनाउने भनेको सबै मिलेर हो एक्लै देश बनाउन सकिदैन । मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सबै राजनीतिक दलहरु मिलेर जानु पर्छ । इतिहासमा संवाद, सहमती र सहकार्यको राजनीतिले ठूला ठूला उपलब्धिहरु हासिल भएका छन । इतिहास बाट पाठ सिकेर दलहरु अघि बढदा राम्रै हुन्छ ।

नेपाली राजनीति सहमति, सहकार्यको बाटोमा अगाडि बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि संसद्मा देखिएको भारी विश्वासको मत यसको आधार हो । देशको समग्र विकास र सुशासन आजको आबश्यकता हो । अब मुलुकले नयाँ मार्गचित्र कोर्न सक्नु पर्छ । नेपाली राजनीतिमा नयाँ आयाम थपिएको छ। प्रचण्ड नेतृत्वको सरकारलाई प्रतिपक्षसमेतले विश्वासको मत दिनु भनेको देश नयाँ यात्रामा अघि बढनु हो । जे होस नेपाली जनता यस कुरामा खुशि नै छन । नेपाली राजनीतिमा कति खेर के हुन्छ कसैले अनुमान लगाउन सक्दैन । राजनीति घटनाक्रम पछि मात्र थाहा हुन्छ । वर्तमान सरकारले लगभग सबै राजनीतिक दल तथा सांसदहरुको पूर्ण विश्वास पाएको छ। यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सकेमा धेरै राम्रो हुने थियो । यो सरकार सामु अवसर पनि आएको छ , चुनौति मात्र देखनु हुदैन ।

नयाँ सरकारप्रति सबैको बिश्वास देखिएको छ । तर काम गदै जादा के हुन्छ त्यो हेर्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको राजनीतिलाई अगाडि बढाउने बताउँदै आउनु भएको छ । नेपालको राजनीति सहकार्यबाट अगाडि बढ्ने वातावरण अब तयार भएको छ । मुलुकमा ठूला राजनीतिक परिवर्तन सहमती र सहकार्यबाट आएका हुन । कांग्रेसले बर्तमान सरकारलाई विश्वासको मत दिनु भनेको सहकार्यको राजनीतिमा जोड दिनु हो । संविधानको पूर्ण रक्षा आजको आबश्यकता हो ।

विश्वासको मतले राम्रो सन्देश दिएको छ । सरकारको कामकारबाहीका गुण र दोषका आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने कांग्रेसको भनाइ छ । कांग्रेसको यस कदमले नेपालको संसदीय राजनीतिमा राम्रो सन्देश दिएको छ । यो सरकारले सबै नेपाली जनताको भलाई सोचेर अघि बढनु पर्छ । विशेषगरी प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा संसद्मा गर्नुभएका प्रतिबद्धता कार्यान्वयन गरेर जानु पर्छ । सरकारसँग आमनेपाली जनताको ठूलो आशा तथा भरोसा छ । मुलुकको समृद्धिको दिशामा सरकार प्रतिबद्ध र क्रियाशील भएर अघि बढनु पर्छ ।

भर्खरै प्रकाशित

your adv here