17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिमान्छे ज्यूदै आगो लगाएर आत्मदाह गर्न किन बाध्य छन ?

मान्छे ज्यूदै आगो लगाएर आत्मदाह गर्न किन बाध्य छन ?

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डिआर उपाध्याय,

राजनीतिक दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन । आज देश संकट तर्फ उन्मुख हुदैछ । देशको अर्थतन्त्र डामाडोल भएको संकेत अर्थसास्त्रीहरुले दिइरहेका छन । अब हामी कता जादै छौ ? देशको अबस्था कता जादै छ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यति बेला उठने गरेका छन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था नबदलिए पछि ब्यवस्था परिवर्तनको के अर्थ ? राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासे बाहेक अरुको अबस्था बदलिन सकेको छैन ।

मान्छे ज्यूदै आगो लगाएर आफै आत्मदाह गर्न किन बाध्य छन ? यो प्रश्नको खोजिगर्नु पर्छ । देश र जनताको भाग्य र भबिश्य बनाउने कुरामा सबै चिन्तित हुनु पर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरुको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थ बाहेक राजनीतिक दलहरु र तिनका नेताहरुले अरु केही हेरेनन् । त्यसो भएर यो मुलुक बन्न नसकेको हो अरु केही होइन । सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन दलहरु असफल हुँदै आएका छन् । यो कुरा त सबैले स्वीकार्न पर्छ । मुख्य दल शासकीय दृष्टिले त्यति सफल देखिन सकेका छैनन् । यद्यपि, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यास भइरहेको छ ।

यो शासन व्यवस्था ल्याउन राजनीतिक दलहरुको मात्र होइन, आम नागरिकको पनि प्रमुख भूमिका रहेको थियो । आज आएर आमनागरिक निराश छन । किन हो ? यसको बारेमा नेताहरुलाई कुनै चासो र सरोकार छैन । आज दुर्गा प्रसाईको पछि ठूलो भिड लाग्दै छ । कारण के हो भने जनतामा बितृष्णा पैदा भयो । जब जनतामा बितृष्णा पैदा हुन्छ तव मात्र उनीहरु सडकमा जान्छन । यो जनताको बाध्यताको कुरा हो । प्रसाईले मेची महाकाली अभियान चलाउँदै छन । जनता जगाउँदै छन । अस्ति मात्र पूर्व राजा देखि राजनीतिक दलका नेताहरुलाई एउटै मञ्चमा भेला गराउन खोजेका थिए तर राजनीतिक दलका कुनै नेता उक्त मञ्चमा उपस्थित भएनन् । पूर्व राजा भने उपस्थित भए ।

तर कुनै प्रतिक्रिया दिएनन् । हात जोडेर नमस्कार गदै जनता सामु मुसुमुसु हासि मात्र रहे । जनताको ठूलो भिड देखिन्थ्यो । राजा आउ देश बचाउ भन्दै जनताले नारा लगाएको सुनिन्थ्यो । यो जनतामा देखिएको चरम बितृष्णा हो । संघीयशासन व्यवस्थाको अभ्यास भइरहँदा यस्ता गतिबिधि चल्नु राम्रो होकी होइन ? मैले आफै प्रश्न गरे । देशमा ठूलो समस्या आउने खतरा देखिएको छ । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो देशमा जे पनि हुन सक्छ । मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा राजनीतिक दलबीच एकता र सौहार्दपूर्ण सम्बन्ध हुन जरुरी छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा पनि दलहरु गम्भिर बन्न जरुरी छ ।

राजनीतिक दल र तिनका नेताहरु असल र इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हँुदै जान्छ । तर, ती शासन सञ्चालन गर्नेहरू भ्रष्टाचारमा लिप्त हुन पुग्दा देशको विकास हुन सकेको छैन । जसका कारण जनतामा चरम निराशा छाएको छ । आगामी दिनमा त्यस्तो चरम निराशा आउन नदिन दलहरु सचेत र सतर्क रहनुपर्छ । जनताले प्रमुख राजनीतिक दललाई खासै रुचाएको देखिँदैन । मुलुकमा प्रमुख राजनीतिक दलप्रति जनताले घृणा व्यक्त गर्न थालेका छन । दलले आफ्नो घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार काम गर्न सकेनन् ।

जनताको पक्षमा काम गर्न नसके पछि आलोचित हुने बाहेक अरु बिकल्प छैन । बिगत देखि भएको त्यही हो । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुब्ने अवस्था आयो भने जनतामा स्वतहः उनीहरूप्रति हेर्ने दृष्टिकोणमा नै घृणाको भावना पैदा हुनेछ । अब राजनीतिक दलहरु गम्भिर भएर अघि नबढने हो भने निश्चित रुपमा समस्या उत्पन्न हुने छ ।

भर्खरै प्रकाशित

your adv here