10.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeशिक्षासमाजसेवी रन्जिता गुरुङद्धारा लमजुङको चण्डेश्वरी विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

समाजसेवी रन्जिता गुरुङद्धारा लमजुङको चण्डेश्वरी विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ६ स्थित चण्डेश्वरी प्राथामिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । रन्जिता फाउण्डेशनले उक्त विद्यालयका २५ जना बालबालिकाहरुलाई स्कुल व्याग, पोशाक,कापी,कलम,फुटबल लगायत विविध सामाग्रीहरु वितरण गरेको हो ।

लामो समयदेखि समाजसेवामा सक्रिय रन्जिता गुरुङले व्यक्तिगत पहलमा गरिव निमुखाहरुका लागि आवास निर्माण देखि लिएर विभिन्न खाद्यान्न वितरण गर्दै आईरहेकी छिन । संस्थागत रुपमा संस्था दर्ता पश्चात पहिलो पटक रन्जिता फाउण्डेसन मार्फत उक्त विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी फाउण्डेशनका अध्यक्ष गुरुङले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन आवश्यक सहयोग गर्न सधै तयार रहेका र थोरै भए पनि विद्यार्थीलाई उपयोगी सामाग्री सहयोग गर्न पाँउदा खुशी व्यक्त गर्नु भयो ।

त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यबाद दिँदै अन्य सहयोगका लागि पनि अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक गिता भण्डारीले विद्यार्थीको उज्वल भविष्यको लागि अझै यस्तो खाले सहयोगको अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानिय विरेन्द्र गुरुङले गर्नु भएको थियो । कार्यक्रममा संचारकर्मी राज लुईटेल,अभिनेता श्रीदेव भट्टराई लगायत विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई संचालन समाजसेवी स्थानिय विरेन्द्र गुरुङले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here