16.1 C
Kathmandu
Sunday, May 3, 2026
Homeमनोरन्जनखत्री र केसीले जिते यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन'

खत्री र केसीले जिते यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

काठमाडौ । “यदि तपाइँ विश्व नेताहरूसँग सामाजिक मुद्दामा छलफल गर्ने मौका पाउनुभयो भने, कुन सामाजिक मुद्दा हुनेछ? किन?” भन्ने प्रश्नको सर्वउकृष्ट उत्तर दिएर मिस तर्फ प्रतियोगि नं. ३३ का प्रजीता के.सी.विजेता भए । भने, मिस्टर तर्फ सम्पूर्ण खत्री विजेता भएका थिए । एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन, २०२३’ को फाइनल भएको थियो ।

प्रतियोगितामा यस वर्ष एसईई दिएका ५४ विद्यार्थीहरुले भाग लिएका थिए । एसईई दिएका छात्र–छात्राहरु वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए। सम्पूर्ण खत्रीले मिस्टर तर्फको शिर्ष उपाधी सहित विधागत तर्फ मिस्टर परफेक्ट र मस्ट डिजर्भिङको अवार्ड पनि हात पार्न सफल भए भने प्रजिता के.सी ले मिसतर्फको शिर्ष ताजसहित विधागत तर्फ मस्ट स्टाइलिस्ट र पब्लिक च्वाइस अवार्ड हात पारिन ।
त्यसैगरी फर्स्ट रनरअप तर्फको उपाधी सविन विश्वकर्मा र रुबी खरेलले हात पारे। विधागततर्फ विश्वकर्माले कन्टेस्टेन्ट अफ द इयर र खरेलले मस्ट पपुलर विनर, बेस्ट डान्स र मल्टिमिडिया च्वाइस अवार्ड हात पारिन। सेकेण्ड रनरअप पुरक तिमल्सिना र श्रेया कर्माचार्य घोषित भए भने तिमल्सिनाले विधागततर्फ बेष्ट फिजिक र मस्ट फ्रेन्डली अवार्ड हात पार्दा कर्माचार्यले मिस ब्यूटिफुल तर्फको अवार्ड समेत हात पारिन।

थर्ड रनर अप र मष्ट फेथफुलनेश सिम्रिका पाण्डे, फोर्थ रनर अप र ब्युटि वीथ व्रेन सुन्दरम यादव, फिफ्थ रनर अप र बेष्ट पर्सनालिटी सिम्रिका खत्री, सिक्स्थ रनर अप र बेस्ट स्किन एन्जल नकर्मी, सेभेन्थ रनर अप र मष्ट परफेक्ट अर्पण भण्डारी चयन भए।

त्यसैगरी अन्य विधागत अवार्डतर्फ मस्ट एक्टीभ, मस्ट पोजिटिभ एटिच्युट र फेसबुक च्वाइस इक्षा लिम्बु, मस्ट एक्टीभ र फेसन आइकन खुशी निरौला, मिस क्याटवाक र ब्यूटी विथ ट्यालेन्ट सुभेच्छा थापा, कन्टेनटेस अफ द इयर अनुषा पौडेल, मिस ट्यालेन्ट अर्चना राई, बेस्ट स्माइल अर्चना भण्डारी,बेष्ट हेयर जेनिफर श्रेष्ठ, मस्ट डिसिप्लेन सलोनी तामाङ, मोस्ट फोटोजेनिक गरिमा श्रेष्ठ, बेष्ट स्पीच प्रमिला थापा मगर, बेष्ट सिंगर रितु भट्ट, बेष्ट फिगर रस्मिता कार्की, मस्ट फेण्डली क्रिस्टिना कर्माचार्य, मिस कन्जेनिलिटी सुप्रिया राजभण्डारी, मस्ट चार्मीङ्ग रक्षा लामा, मस्ट सोसलवेल फेयर दिपशिका आर.एल. चन्द, मस्ट डिजरभिङ्ग र मस्ट डेडिकेट उर्सुला बज्राचार्य, मस्ट पंच्युवल सिमरन ओली, मस्ट क्रियटिभ श्रेया खनाल, मस्ट आइकोनिक आईज शाम्भवी के.सी, बेष्ट परफमर रोहिना महर्जन, मस्ट डायनामिक मोनालिसा शाक्य, बेष्ट फिटनेस दिया मगर, बेस्ट फिजिक सुमिक्या चौधरी, मिस एलिगेन्स रस्मिला श्रेष्ठ, मेनेजमेन्ट च्वाइस अन्जिला श्रेष्ठ, मस्ट युनिक परफरमर युमी तिमल्सिना खत्री, मस्ट डिटरमाण्ड निर्जला बस्नेत, मस्ट कोअपरेटिभ मुस्कान कुमारी, सेल्फ मोटिभेडेट करुणा विष्ट, मस्ट पोजिटिभ विहेवियर अनुजा आचार्य, मस्ट कन्सीयस श्रेश्मी श्रेष्ठ, मस्ट एम्बीशीयस दिश्मी सापकोटा, मेनेजमेन्ट च्वाइस अलिना मगर, मस्ट पापुलर र मस्ट फोटोजेनिक सन्देश तामाङ, पब्लिक च्वाइस, मस्ट डिसिप्येन निक खड्गी, मस्ट एक्टीभ र बेष्ट सिङ्गर श्रवण तामाङ, मिष्टर क्याटवाक सुबोध राम, मस्ट पंच्युवल र मल्टीमिडिया च्वाइस निकेन खड्गी, मस्ट ट्यालेन्ट, फेसबुक च्वाइस, ह्यान्डसमः पुकार तामाङ, बेष्ट फर्सनालिटी सुनिल मगर, बेस्ट डान्स सैमसन दर्नाल, मस्ट इन्टीजयन संजित श्रेष्ठ घोषित भए ।
यसपाली मिस्टर तर्फ प्रतियोगि नं. ७ का सन्देश तामाङ्गले थाइल्याडको होलीडे प्याकेज प्राप्त गरेका छन, भने सबै विद्यार्थीले ५०% छात्रवृती प्राप्त गरेका छन ।
सुमी बानियाँको कोरियोग्राफी रहेको उक्त प्रतियोगिता रोजिन शाक्यले संचालन गरेका थिए। प्रतियोगिताको निर्णायकमा भवानी प्रसाद पौडेल, विष्णुहरी पाण्डे, किशोर पौडेल, बीरसिंह क्षेत्री र जितेन लामा तामाङ्ग रहेका थिए । कार्यक्रमको संयोजक शम्भु प्रसाद रेग्मी र इभेन्ट मेनेजरमा लोमस बहादुर कार्की रहेका थिए।
एसईई दिएर बसेका छात्रछात्राहरुको व्यत्तित्व विकास, नेतृत्वदायी क्षमताको विकास, अनुशासित र निडर वनाउन लगातार हरेक वर्ष आयोजना हुँदै आएको मिस्टर एण्ड मिस एसईई आइकनले सहयोगी भुमीका खेल्दै आएको आयोजक संस्थाका सिईओ लब बहादुर कार्कीले जनाए ।

भर्खरै प्रकाशित

your adv here