17.1 C
Kathmandu
Friday, October 23, 2026
Homeअवार्डभारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई

भारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल दरवार,भारतिय फाईट डाईरेक्टर टिनु बर्माले संयुक्त रुपमा गायक म्याक्सलाई अवार्ड प्रदान गरेका हुन ।
मुम्बई ग्लोबल प्रेजेन्ट्स हिन्दुस्तान रत्न अवार्ड २०२३ को द क्लब, मुम्बईमा राजकुमार तिवारीद्वारा भव्य रूपमा आयोजना गरिएको थियो। भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा।बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो निर्दोष एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए ।
समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल दरबार, टिनु वर्मा, जैद दरबार, आवेज दरबार, रिवा अरोरा, सुनील पाल, हरवीर सिंह लगायतका चर्चित भारतिय कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा.बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए ।

समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल दरबार, टिनु वर्मा, जैद दरबार, आवेज दरबार, रिवा अरोरा, सुनील पाल, हरवीर सिंह सहित धेरै बलिउड सेलिब्रेटीहरू उपस्थित थिए।

यस अघि पनि भारतका प्रतिष्ठित अवार्डहरु दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड, विज ग्लायम अवार्ड,अखण्ड भारत गौरव अवार्ड,वुमन पावर एचिभ्मेन्ट अवार्ड लगायतबाट सम्मानित भैसकेका म्याक्स नेपालमा मात्र नभएर कतार तथा भारतिय मिडियामा समेत चर्चा कमाउन सफल भएका छन ।
लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आएका उनले नेपाली गीत संगीत क्षेत्रको विकास र प्रवद्र्धनमा समेत योगदान दिदै आएका छन । चलचित्रमा पाश्र्व गायन समेत गरेका म्याक्सले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरेका थिए ।

आधा दर्जन भन्दा बढि अवार्ड जितिसकेका म्याक्स आफ्ना हरेक गीतमा आफै अभिनय गर्ने गरेका छन । अभिनयमा सानैदेखी सौखका कारण थुप्रै सर्ट फिल्म र म्युजिक भिडियोमा अभिनय क्षमता प्रर्दशन गरिसकेका उनी गीत आफै श्रृजना गर्छन भने संगीत समेत आफै दिने गरेका छन ।

भर्खरै प्रकाशित

your adv here