28.5 C
Kathmandu
Friday, April 17, 2026
Homeमनोरन्जन‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला,विजेतालाई अष्ट्रेलियामा हुने शोमा सहभागी गराईने

‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला,विजेतालाई अष्ट्रेलियामा हुने शोमा सहभागी गराईने

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण मृगतृष्णा फेसन हाउसले यही भाद्र १० गते देखी सुरु गर्दैछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणको अडिसन काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा, इटहरी र सिक्किममा समेत हुनेकुरा आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी गराइन |

छानेका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ ।

मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी प्रतियोगिहरुलाई बर्षभरी नै बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आय–आर्जन मुलक ब्यवसायिक गतीबिधीहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनुका साथै title winner लाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा showstopper को रूपमा सहभागी हुने अवसर प्रदान गरिने छ ।

यस प्रतियोगितामा मिस गुरुङ्ग इन्टरनेसनल सहित, मिस गुरुङ्ग इन्टरनेसनल पपुलर, 1st Runner Up, 2nd Runner up, Miss Talent, लगायत उपाधी बिजेताहरुलाई उचित नगद पुरस्कार प्रदान गरिने कुरा आयोजकले जानकारी गराएका छन | मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा अनलाइन भोटिङ्ग पाट्र्नरको रुपमा OSR Connect रहेको छ भने प्रतियोगिता ब्यवस्थापनको जिम्मा B&B Event Mania ले लिएको छ ।

कार्यक्रममा प्ररभाबकारी बनाउन एउटा सल्लाहकारमा समितिको गठन गरिएको छ,आदिवासी जनजाति तथा मानव अधिकारबादी नेतृत्व तथा बरिस्ठ समाजसेवी नेपाल भारत आदिवासी जनजाति मैत्री संघ राष्ट्रिय केन्द्रीय अध्यक्ष श्री बिनोद कुमार गुरूङ ज्यू,राष्ट्रिय सुरक्षा परिषद पूर्ब बिर्गेडियर जर्नेल बरिस्ठ गीतकार ,संगितकार श्री निर्माण सिङ गुरूङ ज्यू , भाषाबिद्व,खेमा लिपिकार,बरिस्ठ श्रष्ठा बालनर्सीङ गुरूङज्यू, लगायत पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ | भारतको सिक्किममा नेपाल भारत आदिवासी जनजाति मैत्री संघले इभेन्ट कार्यक्रमको कोडिनेशन गर्नेछ |

भर्खरै प्रकाशित

your adv here