17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदएशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी सन्दिप भण्डारीद्वारा स्वागत

एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी सन्दिप भण्डारीद्वारा स्वागत

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सम्पन्न भएको १९ औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता हुनुभएका खेलाडी तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो ।

उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरि कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल ईतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा नेपाल पुलिस क्लबका खेलाडीहरू प्रहरी सहायक हवल्दार त्रय नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरी सहभागी हुनुभएको थियो ।
त्यसैगरी, नेपाल पुलिस क्लबका भारोत्तोलन खेलाडी प्रहरी जवान विशाल सिंह विष्टले कुल ३०१ केजी वजन उचाली तीन राष्ट्रिय कीर्तिमानको साथै नेपाली भारोत्तोलन खेल ईतिहासमा ३०० केजी भन्दा बढी वजन उचाल्ने पहिलो नेपाली खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभएको थियो भने प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले कुल ३०३ केजी वजन उचाली तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुका साथै नेपाली भारोत्तोलन खेल ईतिहासमा हालसम्मकै सबैभन्दा बढी वजन उचाल्ने खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल हुनुभएको थियो ।
उक्त अवसरमा नेपालबाट सहभागी सम्पूर्ण नेपाली खेलाडी, प्रशिक्षकवर्ग तथा अफिसियलहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

your adv here