27.1 C
Kathmandu
Tuesday, September 22, 2026
Homeविषेश समाचारनेपाल मानव अधिकार चलचित्र महोत्सवमा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट

नेपाल मानव अधिकार चलचित्र महोत्सवमा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

राजन कठेत र सुनिल पाण्डेको ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ । मंगलबार साँझ काठमाडौँमा सम्पन्न ११औँ संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ डकुमेन्ट्री नेपालमा पहिलो पटक प्रदर्शन भएको थियो ।

महोत्सवमा सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘वेस्ट न्यारेटिभ’ अवार्ड प्राप्त गर्दा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ जित्यो । उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ ।

महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन्, भने उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । त्यस्तै उत्कृष्ट कथानकका लागि बेलायतको एल्बम एहसासको सर्ट फिल्म ‘येल्ला’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिम’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो ।

महोत्सवमा विश्वभरबाट कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरू देखाइएको थियो । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए ।

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा ४ दिनसम्म सञ्चालन महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईओटा प्यानल छलफल पनि राखिएको थियो ।

भर्खरै प्रकाशित

your adv here