16.7 C
Kathmandu
Thursday, April 16, 2026
Homeविषेश समाचारकाठमाडौं महानगरमा आजदेखि खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने

काठमाडौं महानगरमा आजदेखि खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ ।

बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने उनले बताएका छन् ।

प्रमुख पौडेलले स्वास्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका रहेको बताएका छन् । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइका साथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको दाबी छ ।

काठमाडौं महानगरपालिकाले यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ । महानगरले ल्याएको यो नियम राम्रो भन्दै धेरैले प्रशंसा गरे पनि कार्यान्वयनमा चुनौती देखिन्छ । विगतमा पनि यस्ता नियम ल्याएको तर कार्यान्वयन नभएकाले चुनौती देखिएको हो ।

महानगरले गएको असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट सुर्ती खान रोक लगाएको थियो । यो नियम अहिलेसम्म कार्यान्वयन भएको छैन । महानगरले सार्वजनिक ठाउँ, मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । नियमको अटेर गर्नेलाई कारबाही हुने महानगरले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here