15.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeविषेश समाचारबिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने : मौसम

बिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने : मौसम

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम–बादल भइरहेको छ ।

दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको हो । मौसम पूर्णरुपमा खुलेको छैन । आज, भोलि र पर्सिको मौसम पनि यस्तै रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार अहिले देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा लागेको हुस्सुकुहिरो केहीबेरमा हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने दिउँसोपछि मात्रै हुस्सुकुहिरो हट्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण मौसम बदली भइरहेको छ । मौसम बदली भइरहे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् कँडेलले बताएका छन् ।

हिजो पाँचथरमा भने हल्का वर्षा भएको थियो । यसैबीच, काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंसँगै देशका धेरै ठाउँकै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले चिसो बढ्दो छ ।

भर्खरै प्रकाशित

your adv here