24.1 C
Kathmandu
Tuesday, September 22, 2026
Homeविषेश समाचारकाठमाडौं महानगरले आज २९औँ महानगर दिवस मनाउँदै

काठमाडौं महानगरले आज २९औँ महानगर दिवस मनाउँदै

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

काठमाडौं महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ । दिवसको मूल समारोह टुँडिखेलमा हुनेछ ।

गएका वर्षहरुमा दिवसको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ वसन्तपुरमा यसपालि गाडी प्रवेशमा निषेध गरिएको छ भने ठूलो स्पीकर राखेर गरिने कार्यक्रम रोकेको महानगरले जनाएको छ । यसकारण यस वर्षको कार्यक्रम टुँडिखेलमा गर्न लागिएको मेयर बालेन्द्र शाहले बताएका छन् ।

महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । यसैबीच, २९औँ महानगर दिवसको सन्दर्भ पारेर भएको बाँसुरीवादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूह पहिलो भएको छ ।

यस्तै वडा नं. १६ को श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं। २० को अशोक विनायक व्यवस्थापन समाजको समूह तेस्रो भएको छ । प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दुर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारी हुनुहुन्थ्यो ।

विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपमेयर सुनिता डङ्गोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र वाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताएका छन् । प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । विजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

भर्खरै प्रकाशित

your adv here