17.1 C
Kathmandu
Sunday, February 1, 2026
HomeUncategorizedरूस–युक्रेन युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

रूस–युक्रेन युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । गैरकानुनी बाटो प्रयोग गरी नेपालीहरू रूसी र युक्रेनी सेनामा भर्ना भएका र केही नेपालीको ज्यान गएकोे, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू सेनामा कार्यरत रहेका खबर र जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने विषय आयोगलाई सरकारलाई स्मरण गराएको छ । युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याइ आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन र घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेका छ ।

यस्तै, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा गैरकानुनी बाटोबाट विदेश जाने अवस्थाको अन्त्य गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छन् ।

भर्खरै प्रकाशित

your adv here