18.6 C
Kathmandu
Wednesday, April 22, 2026
Homeसमाचारअन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसमा सप्ताहव्यापी कार्यक्रम

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसमा सप्ताहव्यापी कार्यक्रम

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै यससँग सम्बन्धित निकायहरूले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवसको पहिलो दिन आज मन्त्रालयले आप्रवासनको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्दैछ ।

आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ । यो वर्ष आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको छ ।

श्रमिकको हक, अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कार्यान्वयन नहुँदा उनीहरुले आफ्ना हकअधिकार उपभोग गर्न पाएका छैनन् । आप्रवासी श्रमिकले पारिश्रमिक तथा सेवासुविधामा विभेद खेप्नु परेको छ । एउटा भनेर अर्को काममा लगाउने, तोकिएको तलब सुविधा नदिनेलगायतका समस्या पनि उस्तै छ ।

खाने, बस्नेलगायतका आधारभूत आवश्यकता समेत पाउन नसकेको कतिपय श्रमिकको गुनासो छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान महत्त्वपूर्ण छ । अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारी नीति भए पनि त्यसअनुसार काम हुन सकेको छैन ।

श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता, श्रम सम्झौता पुनरावलोकनका साथै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान, अनलाइनमार्फत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान, वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध, वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाइ लगायतका काम भैरहेको बताएका छन् ।

विदेशका नेपाली दूतावासमा राखिएका श्रमिक हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाइने पनि उनले बताएका छन्।

भर्खरै प्रकाशित

your adv here