20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारकाठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस

काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौंमा आजको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

यो तापक्रम यस सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको हो ।

हिजो दिउँसो काठमाडौंमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । हिजो बिहान भने ५ दशमलव ५ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकाबाहिर पनि चिसो बढिरहेको छ ।

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । मध्य र पश्चिम तराईका एक/दुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । तर दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ । काठमाडौंमा पनि अहिले हल्का हुस्सु छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी चार किलोमिटरसम्म छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । बाँकी ठाउँमा पनि मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ । मौसम दुईरतीन दिन यस्तै रहने अनुमान छ । हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसमविद् अधिकारीले बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here