20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदकोशी प्रदेश प्रधानमन्त्री कपको प्ले अफमा, मधेसले लुम्बिनीलाई हरायो

कोशी प्रदेश प्रधानमन्त्री कपको प्ले अफमा, मधेसले लुम्बिनीलाई हरायो

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा पुगेको छ । आज बिहीवार भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै प्ले अफमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाइन् । काजल ५४ रन बनाएर आउट भइन् भने रुबिना ५१ रनमा नट आउट रहिन् । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायतले २ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १८ रन बनायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र अप्सरी बेगमले समान १ विकेट लिइन् ।

यो जितसँगै कोशी ६ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिम ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । लुम्बिनीले दिएको ९७ रनको लक्ष्य मधेसले १८ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । मधेसका लागि पूजा महतोले नट आउट ६० रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी कमला जीएम र सुश्मिता भुसालले समान १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले नट आउट ६४ रन बनाइन् । बलिङतर्फ मधेसकी साक्षी यादवले २ विकेट लिइन् ।

यो जितसँगै मधेसले ६ खेलमा ४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । लुम्बिनी ६ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा पाँचौँ स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here