32.4 C
Kathmandu
Tuesday, April 21, 2026
Homeचलचित्र‘दिमाग खराब’को सिक्वेल बनाउँदै निश्चल

‘दिमाग खराब’को सिक्वेल बनाउँदै निश्चल

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल निर्माण घोषणा गरेका छन्।

‘दिमाग खराब’को प्रदर्शनको ५१ औं दिन मनाउन आयोजना गरेको कार्यक्रममा उनले सिक्वेल निर्माण घोषणा गरेका हुन्। कार्तिक २४ गतेदेखि प्रदर्शन भएको फिल्मले शनिबार ५१ औं दिन मनाएको हो।

‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ। यसको सिक्वेल आउँछ। २०८३ सालको दसैंमा सिक्वेल आउँछ’ निश्चलले भने, ‘यसको सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ।’

दिमाग खराब अहिले पनि नेपालसँगै डायस्पोरामा समेत प्रदर्शन भइरहेको छ। कार्यक्रममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, रमा थपालिया, निर्माता सुरज बम ठकुरी लगायतको उपस्थिति थियो।

‘दिमाग खराब’ले १० करोडबढी कमाइ गरेको निर्माण टिमले बताएका छन्।

‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन्। फिल्ममा ‘लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए।

भर्खरै प्रकाशित

your adv here