21.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeचलचित्र‘दिमाग खराब’को सिक्वेल बनाउँदै निश्चल

‘दिमाग खराब’को सिक्वेल बनाउँदै निश्चल

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल निर्माण घोषणा गरेका छन्।

‘दिमाग खराब’को प्रदर्शनको ५१ औं दिन मनाउन आयोजना गरेको कार्यक्रममा उनले सिक्वेल निर्माण घोषणा गरेका हुन्। कार्तिक २४ गतेदेखि प्रदर्शन भएको फिल्मले शनिबार ५१ औं दिन मनाएको हो।

‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ। यसको सिक्वेल आउँछ। २०८३ सालको दसैंमा सिक्वेल आउँछ’ निश्चलले भने, ‘यसको सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ।’

दिमाग खराब अहिले पनि नेपालसँगै डायस्पोरामा समेत प्रदर्शन भइरहेको छ। कार्यक्रममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, रमा थपालिया, निर्माता सुरज बम ठकुरी लगायतको उपस्थिति थियो।

‘दिमाग खराब’ले १० करोडबढी कमाइ गरेको निर्माण टिमले बताएका छन्।

‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन्। फिल्ममा ‘लुट २’पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए।

भर्खरै प्रकाशित

your adv here