21.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeचलचित्रसौगात र विपीनको ‘द रेड सुटकेस’ चैत ३० गतेदेखि प्रदर्शन हुने

सौगात र विपीनको ‘द रेड सुटकेस’ चैत ३० गतेदेखि प्रदर्शन हुने

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

सौगात मल्ल र विपीन कार्की अभिनीत फिल्म ‘द रेड सुटकेस’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। यो फिल्म आगामी चैत ३० गतेदेखि प्रदर्शन हुने भएको छ।

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन्। यो फिल्म विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।

सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले दुई अवार्ड जितेको थियो। त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल लगायतमा छनोट भएको थियो।

फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर फिल्मको अवार्ड जिताएको थियो। फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो।

फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय छ। सुशन प्रजापतिको छायांकन गरेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन्।

फिल्मलाई आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन्। फिल्मको सह-निर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन्।

भर्खरै प्रकाशित

your adv here