22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeचलचित्रएक वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय अभिनेता बने शाहरूख खान

एक वर्षमा २५ अर्ब कमाउने पहिलो भारतीय अभिनेता बने शाहरूख खान

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

बलिउड अभिनेता शाहरूख खानले नयाँ रेकर्ड राखेका छन्। उनले एक वर्षमा २५ अर्ब कमाउनले अभिनेताको रेकर्ड राखेका हुन्।

हिन्दी फिल्म बजार विश्लेषक रमेश बालाले ट्विटरमार्फत भारतीय फिल्म क्षेत्रमा एक वर्षमै २५ अर्ब कमाउने रेकर्ड शाहरूख खानले राखेको जानकारी दिएका हुन्।

सन् २०२३ मा उनको तीन फिल्म ‘पठान, जवान र डंकी’ रिलिज भयो। यी फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो कमाइ गरेका छन्। उनको फिल्म ‘पठान, जवान र डंकीु ले विश्वभरबाट २५ अर्ब कमाएको हो।

‘पठान’ले १० अर्ब ५० करोड भारू कमाएको थियो भने ‘जवान’ ले ११ अर्ब ४६ करोड र ‘डंकी’ ले ३ अर्ब ६१ करोड भारू कमाएको छ।

शाहरूखले फिल्म ‘जिरो’ फ्लप भएपछि ‘पठान’ बाट कमब्याक गरेका हुन्। उनले लगातार सुपरहिट फिल्म दिएर उक्त रेकर्ड राखेका छन्।
यसवर्ष शाहरूखको सम्पत्ति १३ अर्ब भारू बढेको छ। अब उनी ६४ अर्ब ११ करोड भारूका मालिक भएका छन्। गतवर्ष उनको सम्पत्ति ५१ अर्ब १६ करोड भारू थियो। ‘जवान’ र ‘पठान’को सफलताले उनको सम्पत्ति बढेको हो।

भर्खरै प्रकाशित

your adv here