20.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeसमाचारराष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुँदै

राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुँदै

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि दाबीविरोध र उजुरीमा छानबिन हुँदैछ ।

अस्ति मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ । अस्ति ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । तीमध्ये दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णुबहादुर विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको उजुरी परेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आउँदो माघ ११ गते मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहेका छन् ।

भर्खरै प्रकाशित

your adv here