25.7 C
Kathmandu
Friday, April 17, 2026
Homeखेलकुदसुपर लिगको उपाधि ललितपुरले जित्यो

सुपर लिगको उपाधि ललितपुरले जित्यो

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो ।

यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको धनगढीले रु २० लाख पायो ।

ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे । यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे ।

खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए ।

खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एकरएक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए ।

खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।

भर्खरै प्रकाशित

your adv here