28.5 C
Kathmandu
Friday, April 17, 2026
Homeमनोरन्जन‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र

‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै सुरु हुने भएको छ । निर्माण युनिटले मंगलबार एक विज्ञप्ति जारी गर्दै अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् ।

शोको पहिलो सिजनका हिमेश पन्त, सुमन कार्की लगायत चर्चित छन् । दोस्रोको भरतमणि पौडेल, सन्तोष थापा, बिक्की अग्रवाल लगायत चर्चामा छन् ।

तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म रहेका छन् ।

कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओ।एस।आरबाट शो आउन लागेको मिडिया एजेन्सी ए।डिले बताएको छ । एजेन्सीका शोको अनुसार मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट, आई.एम.ई.लाईफ शईन्स्योरेन्स, गोल्डस्टार शुज, यतिकार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के.एल.दुगड रहेका छन् । भोटिङ पार्टनरमा खल्ती तथा मेक अप पार्टनर दीवान युनिसेक्स् सालोन् छन् ।

सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् ।

यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । यो सिजका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछ ।

भर्खरै प्रकाशित

your adv here