23.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeचलचित्र‘नमेटिएको घाउ’ बाट निर्देशकमा होमिँदै अभिनेता रमित ढुङ्गाना

‘नमेटिएको घाउ’ बाट निर्देशकमा होमिँदै अभिनेता रमित ढुङ्गाना

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

अभिनेता रमित ढुङ्गाना निर्देशनमा डेब्यु गर्ने भएका छन् । एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्म ‘नमेटिएको घाउ’ बाट उनी निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘नमेटिएको घाउ’ को नाम यसअघि ‘मुस्कान’ राखिएको थियो । अभिनेता ढुङ्गाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कानकै मुख्य भूमिका छ । एसिड आक्रमणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

फिल्मको बुधवारबाट वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कन आगामी माघ १५ गतेबाट सुरु हुनेछ ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।

फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।

भर्खरै प्रकाशित

your adv here