22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeचलचित्र‘नमेटिएको घाउ’ बाट निर्देशकमा होमिँदै अभिनेता रमित ढुङ्गाना

‘नमेटिएको घाउ’ बाट निर्देशकमा होमिँदै अभिनेता रमित ढुङ्गाना

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

अभिनेता रमित ढुङ्गाना निर्देशनमा डेब्यु गर्ने भएका छन् । एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्म ‘नमेटिएको घाउ’ बाट उनी निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘नमेटिएको घाउ’ को नाम यसअघि ‘मुस्कान’ राखिएको थियो । अभिनेता ढुङ्गाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कानकै मुख्य भूमिका छ । एसिड आक्रमणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

फिल्मको बुधवारबाट वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कन आगामी माघ १५ गतेबाट सुरु हुनेछ ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।

फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।

भर्खरै प्रकाशित

your adv here