13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारबाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । ती क्षेत्रमा मौसम आंशिक बदली छ । हिजो पूर्वका ताप्लेजुङ, दोलखालगायतका जिल्लाको पहाडी थोरै क्षेत्रमा हल्का वर्षा भएको थियो ।

आज पनि पूर्वी पहाडी क्षेत्रसहित बाग्मती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, बाग्मती, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली र बाँकी ठाउँमा सफा छ । आज पनि तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

भर्खरै प्रकाशित

your adv here