20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रएक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

एक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म घोषणा गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशन गर्न लागेको बताएका हुन्।

‘मैले एक्सन फिल्म बनाउन लागेको हुँ। अहिले स्क्रिप्ट लेखन भइरहेको छ। बाँकी जानकारी हामी केही समयपछि दिनेछौं,’ उनले भने।

उनी दसैं अगाडि नै एक्सन फिल्म निर्देशन गर्ने तयारीमा छन्। यो फिल्मअघि उनी ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दैछन्। यस फिल्मलाई आकाश बरालले निर्देशन गर्नेछन्।

यो वर्ष निश्चलले फिल्म ‘दिमाग खराब’निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय थियो।

भर्खरै प्रकाशित

your adv here