16.1 C
Kathmandu
Sunday, November 22, 2026
Homeमनोरन्जनगायक योगेश वैद्यको निधन

गायक योगेश वैद्यको निधन

Date:

सम्बन्धित खबर

चलचित्र ‘सानो घर’ मा नृत्य निर्देशक सुनिल गिरी, ५० प्रतिशत छायांकन सम्पन्न

पारिवारिक कथामा आधारित चलचित्र ‘सानो घर’को ५० प्रतिशत छायांकन...

अपिल त्रिपाठी भन्नेबित्तिकै धेरै दर्शकको दिमागमा आउने नाम हो – ‘गण्डकी छड्के’

१५ वर्ष एउटै टेलिभिजनमा बिताए, बेथितिविरुद्ध आवाज उठाए, मुद्दा...

युवाको सामूहिक प्रयासमा ‘ऐश्वर्य बुटिक होटल’ सञ्चालनमा

काठमाडौं । रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा...

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...
spot_img

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो ।

७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका उनका थुप्रै गीत लोकप्रिय छन् l वरिष्ठ गायक वैद्यले नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय गीत गाएका छन् । उनले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उनी रेडियो नेपाल पुगेका थिए।

करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका एक छोरा र दुई छोरी छन्।

भर्खरै प्रकाशित

your adv here