13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचार१ सय ९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त

१ सय ९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ९० वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा पालिकाको प्रशासकीय सेवा प्रभावित भएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले ८० वटा गाउँपालिका र १ सय १० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद खाली रहेको बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले पठाउने व्यवस्था रहेको भन्दै उहाँले सबै पालिकामा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि निमित्तकै भरमा सञ्चालनमा रहेको बताउनुभयो । कार्यकारी निर्देशक प्याकुरेलले पालिकामा प्रमुख प्रशासकीय अधिकृत केन्द्र वा प्रदेश सरकारबाट पठाउने भन्नेमा विवाद रहेको उल्लेख गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकामा निमित्तबाट काम भइरहेको बताउनुभयो । कतिपय पालिकामा सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने र आफूले रोजेको अधिकृत पाउनुपर्ने माग गर्दा पनि समस्या भएको उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

your adv here