9.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारआज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै

आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ । आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ।

राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

यस वर्ष आज शहीद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन ।

गएको पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद दिवस र रामनवमी गरी २ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको थियो । शहीद दिवसको अवसरमा आज बिहान काठमाडौंको शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । शहीदलाई सम्झेर कार्यक्रम हुँदै आए पनि उनीहरुका सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो छ ।

जिम्मेवार निकाय र अधिकारीहरु शहीदको सपना पूरा गर्न लागिपरेको निरन्तर बताउने गरेका छन् । तर मापदण्ड र स्पष्ट परिभाषा नगरि शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ । नेपालका पहिलो शहीद लखन थापालाई मानिन्छ ।

यसैबीच राष्ट्रपति, प्रधानमन्त्रीलगायतले दिवसको अवसरमा शुभकामना व्यक्त गरी शहीदले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here