15.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeखेलकुदपुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो । गण्डकीका अमृत गुरुङले ५० रन बनाए । पुलिसका राशिद खानले ५ विकेट लिए । पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ ।

आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब पनि फाइनल नजिकै पुगेको छ । आर्मीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४० ओभर १ बलमा १ सय ६५ रन बनाउँदा अलआउट भयो । उसका किरण ठगुन्नाले ६८ रन बनाए । अर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आर्मीका लागि कुशल मल्लले ७५ रन बनाए, सुदूरपश्चिमका भोजराज भट्टले ६ र नरेन साउदले ३ विकेट लिए । आर्मी ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा ८ अङ्कसहित छैठौँ स्थानमा छ । गणितीय हिसाबमा आर्मीको फाइनल पुग्ने सम्भावना बलियो छ ।

भर्खरै प्रकाशित

your adv here