17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारउपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्यो

उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्यो

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् ।

आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ । आज बिहान काठमाडौंउपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री रहेको छ ।

यस्तै, डोटीको दिपायलको अधिकतम तापक्रम २५ देखि २७ डिग्री, दाङको घोराही र रुपन्देहीको भैरहवामा २० देखि २२ डिग्री, सुर्खेतको वीरेन्द्रनगर र जनकपुरको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहेको छ ।

यस्तै, आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अहिले कुनै पनि न्यून चापीय प्रणालीको प्रभाव नरहेकाले देशभर वर्षाको सम्भावना तत्काल नरहेको मौसमविद् अधिकारीले बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here