13.1 C
Kathmandu
Monday, October 26, 2026
Homeमनोरन्जनदीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ विमोचन

दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ विमोचन

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

साहित्यकार दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’ को पोखरामा गृह विमोचन गरिएको छ।

पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी उक्त कथा संग्रहको विमोचन गरिएको हो।

कथा संग्रहमा ८२ वटा लघुकथा संग्रहित छन्। लघुकथा विमोचन समारोहमा बोल्दै लेखक समीपले ३० वर्षदेखि लेखिएका लघुकथा संग्रहमा समावेश गरेको बताए। स्कुले जीवनबाटै लघुकथा, कविता, गजल, मुक्तक लगायत लेख्न थालेको भन्दै उनले पुराना र नयाँ कथाहरू संकलन गरेर लघुकथा संग्रह प्रकाशन गरेको बताए।

लघुकथा संग्रह विमोचनमा बोल्दै वरिष्ठ साहित्यकार सरूभक्तले कथाकार समीपले धेरै सोचविचार गरेर लेख्ने गरेको बताए।

उनले लेखेका कथाहरू सुन्दर रहेको भन्दै उनले कथा लामो वा छोटो हुनुभन्दा पनि त्यसले दिने सन्देश महत्वपूर्ण रहने बताए।

सोही अवसरमा बोल्दै कवि तीर्थ श्रेष्ठले समीपका कथाहरू काब्यात्मक रहेको बताए। कथा भन्ने शैली परिमार्जन गर्न आवश्यक रहेको भन्दै उनले भने,‘समीपका कथाहरू शब्द मात्र कम हुन्, भाव बढी छ।’

विमोचन समारोहमा लघुकथा संग्रह नदीका राजमार्गमाथि साहित्यकार सरस्वती प्रतीक्षा र ईश्वरमणि अधिकारीले समीक्षा गर्दै संग्रह पठनीय कृतिका रूपमा आएको बताएका थिए।

साहित्यकार समीपका यसअघि ‘भूगोलभित्र नकोरिएको देश’ गजल संग्रह र ‘अक्षर अक्षरमा देश’ मुक्तक संग्रह प्रकाशित भइसकेका छन्। लघुकथा संग्रह नदीका राजमार्ग उनको तेस्रो साहित्यिक कृति हो।

समीपले राष्ट्रव्यापी लघुकथाकार पुरस्कारसहित उनले एक दर्जन भन्दा बढी सम्मान तथा पुरस्कार पाइसकेका छन्।

भर्खरै प्रकाशित

your adv here