20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनसन्दिप भुजेलद्वारा निर्देशित 'मायाको धून'सार्वजनिक(भिडियो)

सन्दिप भुजेलद्वारा निर्देशित ‘मायाको धून’सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं –  `माया को धून´बोलको गीताको म्युजिक भिडियो भर्खरै मात्र रानी साक्य  युट्युव   च्यानलमार्फत सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरिरहेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। यो गीतमा ख्यातिप्राप्त गायक प्रताप दास र गायिका रानी शाक्य को संयुक्त आवाज सुन्न सकिन्छ । सैलेन्द्र प्रधान `बाबु´ले गीतको अडियो एरेन्ज गरेका हुन् । यस गीतलाई राजेश कुमार श्रेष्ठले मिक्स्किङ गरेका हुन। चर्चित गीतकार राजेश शाक्य को शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् । गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता सुरेश कोहली र अभिनेत्री स्रद्धा छेत्रीले अभिनयमा अनस्क्रिन रोमान्स गरेका छन् ।

गीतको भिडियो काठमाडौंको विभिन्न स्थानमा खिचिएको छ । मल्टि ट्यालेन्टेड सिनेम्याटोग्राफर ओम प्रसाईँ भिडियोका डिओपी हुन् भने ओमलेनै यस भिडियो सम्पादन गरेका हुन् । असाध्यै कलात्मक ढंगले उनले आफ्नो सिनेम्याटोग्राफीको क्षमता यसमा पनि दिएका छन् । उनैले भिडियोको स्क्रिन प्ले, कलर ग्रेडिङ लगायतका काम समेत गरेका छन्।

यस भिडियोलाई अहिलेका लोकप्रिय अनि व्यस्त म्युजिक भिडियो निर्देशक सन्दिप भुजेलले निर्देशन गरेका हुन। पछिल्लो समय सन्दिपले  निर्देशन गरेका गीतहरु एकपछि अर्को हिट भैरहेका छन्।

यो गीतले एउटा प्रेमिल जोडीको माया भिज्युअल मार्फत देखाउन खोजेको निर्देशक सन्दिप भुजेलले बताए । उनले भने, ‘हामीले यो गीत निर्माणमा असाध्यै मिहेनत गरेका छौं । मलाई लाग्छ यो गीत र भिडियोलाई दर्शकले निकै माया गर्नेछन् ।’ चिसो मौसमका बाबजुद २ दिन छायांकन गरेर भिडियोको छायांकन गरिएको थियो।

भर्खरै प्रकाशित

your adv here