लोकप्रिय संगितकार तथा सर्जक गैरे सुरेशको ‘मीरा हुँ म तिम्री’सार्वजनिक भएको छ ।
सबिता बस्नेत दानीको शब्द,र गैरे सुरेशको संगित साथै बेनिशा पौडेलको स्वरमा रहेको सो गितमा शिला गजुरेल र विशाल थापाले अभिनय गरेका छन् । गितको भिडियोमा सन्दिप भुजेलले निर्देशन, ओम प्रसाइले छाँयाकन तथा सम्पादन गरेका छन् । गीतको मिक्सिङ, मास्टरीङ नरेन्द्र बियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो ।
गीतको भिडियो गैरे सुरेश आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।