23.1 C
Kathmandu
Sunday, October 25, 2026
Homeखेलकुदनेपालले माल्दिभ्सलाई २ सय १४ रनले हरायो

नेपालले माल्दिभ्सलाई २ सय १४ रनले हरायो

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ठूलो अन्तरको जित हो । यसअघि नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो ।

मलेसियाको वाईएसडी ओभलमा नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भयो । माल्दिभ्सकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । माल्दिभ्सका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि नेपालले सन् २०२१ मा कतारसँगको खेलमा १ सय ६४ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुबिना क्षेत्रीले ऐतिहासिक शतक बनाइन् । रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी बनिन् । रुबिनाले ५९ बलमा नट आउट १ सय १८ रन बनाइन् । यस्तै पूजा महतोले ५९ रन बनाइन् । रुबिना र पूजाले १ सय ६३ रनको कीर्तिमानी साझेदारी गरे । माल्दिभ्सकी सामा अलीले ३ विकेट लिइन् ।

यो जितसँगै नेपाल समूह ‘डी’ को विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।

भर्खरै प्रकाशित

your adv here