21.1 C
Kathmandu
Sunday, May 3, 2026
Homeसमाचारभरतपुरको सिजि ल्याण्डमार्कमा खुल्यो फेसियल हाउसको सातौ शाखा

भरतपुरको सिजि ल्याण्डमार्कमा खुल्यो फेसियल हाउसको सातौ शाखा

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

सौन्दर्यविद सुष्मा महराले सञ्चालन गरेकाे फेसियल हाउसको सातौ शाखा भरतपुरकाे सिजि ल्याण्डमार्कमा खुलेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवन शाखाकाे शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए । उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् । “सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ उनले भनिन्, समयको परिवर्तनसँगै यो चाहना महिला र पुरुष दुबैमा बढ्दै आएको छ ।”

उनले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएको बताईन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्रयाएको छ । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिदै आएको छ ।

चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने सक्नेछ । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा भरतपुर शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् । फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् ।

‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् । नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् ।

भर्खरै प्रकाशित

your adv here