24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeभिडियोबाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...
spot_img

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र विस्थापनको कथा समेटिएको गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ।

१० भदौमा नेपालका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै र विपत्तिबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित गीत सार्वजनिक गरिएको हो।

प्राकृतिक विपत्तिपछि सिर्जिएको मानवीय संकट, घरबास गुमाएका परिवारको पीडा, विस्थापन र जनजीवनमा परेको असरलाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ। विपत्तिले दिएको पीडालाई मात्र चित्रण नगरी गीतले कठिन परिस्थितिमा पनि आशा, साहस, आपसी सहयोग र एकताको भावना कायम राख्नुपर्ने सन्देश दिएको छ।

गीतमार्फत विपत्तिको समयमा हरेस नखाई एकजुट भएर अघि बढ्न तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्नसमेत आह्वान गरिएको छ। दुःख र निराशाबीच पनि पुनःउत्थान सम्भव छ भन्ने सकारात्मक भाव गीतको मुख्य सन्देशका रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा बाढी तथा पहिरोबाट भएको विनाशका हृदयविदारक दृश्यहरू समेटिएका छन्। साथै, विपत्तिको समयमा उद्धार तथा राहत कार्यमा खटिएका साहसिक प्रयासका दृश्यहरूलाई पनि भिडियोमा समावेश गरिएको छ।

भिडियोमा स्वयं गायक चेतन राईको अभिनय रहेको छ। विभिन्न प्राकृतिक स्थल, मन्दिर तथा झोलुङ्गे पुललगायतका स्थानमा राईलाई गीतको भावअनुसार अभिनय गर्दै गरेको देख्न सकिन्छ।

‘बाढी आयो पहिरो आयो’ का शब्द, संगीत र स्वर चेतन राईकै रहेको छ भने गीतको एरेन्ज सबिर कार्कीले गरेका हुन्।

भर्खरै प्रकाशित

your adv here