14.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeभिडियोबाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र विस्थापनको कथा समेटिएको गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ।

१० भदौमा नेपालका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै र विपत्तिबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित गीत सार्वजनिक गरिएको हो।

प्राकृतिक विपत्तिपछि सिर्जिएको मानवीय संकट, घरबास गुमाएका परिवारको पीडा, विस्थापन र जनजीवनमा परेको असरलाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ। विपत्तिले दिएको पीडालाई मात्र चित्रण नगरी गीतले कठिन परिस्थितिमा पनि आशा, साहस, आपसी सहयोग र एकताको भावना कायम राख्नुपर्ने सन्देश दिएको छ।

गीतमार्फत विपत्तिको समयमा हरेस नखाई एकजुट भएर अघि बढ्न तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्नसमेत आह्वान गरिएको छ। दुःख र निराशाबीच पनि पुनःउत्थान सम्भव छ भन्ने सकारात्मक भाव गीतको मुख्य सन्देशका रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा बाढी तथा पहिरोबाट भएको विनाशका हृदयविदारक दृश्यहरू समेटिएका छन्। साथै, विपत्तिको समयमा उद्धार तथा राहत कार्यमा खटिएका साहसिक प्रयासका दृश्यहरूलाई पनि भिडियोमा समावेश गरिएको छ।

भिडियोमा स्वयं गायक चेतन राईको अभिनय रहेको छ। विभिन्न प्राकृतिक स्थल, मन्दिर तथा झोलुङ्गे पुललगायतका स्थानमा राईलाई गीतको भावअनुसार अभिनय गर्दै गरेको देख्न सकिन्छ।

‘बाढी आयो पहिरो आयो’ का शब्द, संगीत र स्वर चेतन राईकै रहेको छ भने गीतको एरेन्ज सबिर कार्कीले गरेका हुन्।

भर्खरै प्रकाशित

your adv here