25.7 C
Kathmandu
Friday, April 17, 2026
Homeचलचित्र‘ज्वाइँ साब’ यही असोज २४ गतेबाट प्रदर्शन हुँदै...

‘ज्वाइँ साब’ यही असोज २४ गतेबाट प्रदर्शन हुँदै…

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौँ | जितु नेपालको मुख्य भूमिका रहेको फिल्म हो ‘ज्वाइँ साब’ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता जितुको बुढ्यौली गेटअप देख्न सकिन्छ । पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टरबाट फिल्ममा जितुको युवादेखि बुढ्यौलीसम्मको अभिनय रहेको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रूपमा चित्रण गरिएको छ । यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ ।

 

भर्खरै प्रकाशित

your adv here