बहु प्रतिभाशाली गायक रमेश पाठकको नेपालीहरुको माहन चाड तिहारलाई लक्षित गरी तयार गरिएको “हामी त आयौं” बोलको देउशी भैलो गीतको सफलता पाश्चात “माया माया” बोलको नयाँ गीतको अडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीत मार्फत आफ्नी प्रेमिकलाई मायालु तवरबाट फकाई रहेको बुझ्न सकिन्छ । पाठकको आवाजमा विबिधता छ सोही अनुरुप नै उनले लोक, आधुनिक, पप बिधामै गीतहरु ल्याइरहनु भएको छ जुन दर्शक,स्रोताहरुले पनि मनपराईदिनु भएको छ । पाठकको यस गीतलाई पनि सफलताको शुभकामना ।
पाठकै,शब्द ,संगीत र स्वोर रहेको उक्त गीतको संगीत संयोजन साहस शाक्यले गरेका हुन् । समिर कार्कीको रेकर्डिङ, दिनेश न्यौपानेको मिक्सिङ रहेको उक्त गीत वेभ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
