26.1 C
Kathmandu
Monday, October 26, 2026
Homeभिडियोनायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् ।

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् ।

सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ ।

आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ ।

एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ ।

प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here