17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारफिल्मआयो नयाँ टेलिसिरियल ‘वाचा बन्धन’

आयो नयाँ टेलिसिरियल ‘वाचा बन्धन’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ । यो सिरियल शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ ।

नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय यसमा रहेको छ । ‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको अभिनय यसमा छ । आकाश मगरको गीत/संगीत, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन र रामचन्द्र काफ्लेको यसको गीतमा स्वर रहेको छ । यसमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त वुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, यादव गिरि, आयुष विसी लगायतका दुई दर्जन बढि कलाकारको अभिनय छ । ‘वाचा बन्धन’को ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरिबाङको रमणिय स्थलमा छायांकन गरिएको हो ।

भर्खरै प्रकाशित

your adv here