20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनसुमी पराजुलीको नयाँ गीत “ढाँट्यो मायाले”सार्वजनिक, भिडियोमा भावुक कथा (भिडियो )

सुमी पराजुलीको नयाँ गीत “ढाँट्यो मायाले”सार्वजनिक, भिडियोमा भावुक कथा (भिडियो )

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्।

शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ।

छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन् भने पोस्टर डिजाइन SD HOUSEले गरेको हो। भिडियोमा अमीर के.सी सहायक निर्देशकको भूमिकामा रहेका छन्।

गीतको लय, दृश्य र सन्देशको संयोजनले ‘ढाँट्यो मायाले’ दर्शकको मन छुने भिडियो बन्ने विश्वास गरिएको छ। फेसबुक, युट्युब, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न पाइनेछ।

भर्खरै प्रकाशित

your adv here