17.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeअवार्ड११ चलचित्रकर्मीलाई ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान-२०७९’

११ चलचित्रकर्मीलाई ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान-२०७९’

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं– नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोषले विभिन्न ११ चलचित्रकर्मीहरुलाई ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान-२०७९’ बाट सम्मानित गर्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा आयोजक संस्थाले सम्मान प्राप्त गर्ने चलचित्रकर्मीहरुको नामावली सार्वजनिक गरेको छ । आयोजक संस्थाले ११ जना फिल्मकर्मीलाई विभिन्न विधामा सम्मान प्रदान गर्न लागिएको जनाएको छ ।

विभिन्न विधामा रहेर चलचित्र क्षेत्रमा निरन्तर योगदान दिने व्यक्तिहरूलाई संस्थाको सर्वसम्मत निर्णयले नामावली सार्वजनिक गरिएको संस्थाका सदस्य सचिव प्रदीपकुमार उदयले जानकारी गराएका छन् । सदस्य सचिव उदयका अनुसार ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’ आगामी भदौ १९ गते काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरेर प्रदान गरिने छ । सम्मानित सबैलाई सम्मानपत्र, नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित दोसल्लाले सम्मान गरिने छ ।

यी हुन् सम्मान प्राप्त गर्ने चलचित्रकर्मी

  • भुपेन्द्र बिष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान-२०७९ बाट निर्देशक ज्ञानेन्द्र देउजा (अर्जुन श्रेष्ठद्वारा स्थापित)
  • द्वारिका प्रसाद उदय शिव शंकर मानान्धर अभिनेता सम्मान-२०७९ बाट अभिनेता शिव श्रेष्ठ (प्रदिपकुमार उदयद्वारा स्थापित)
  • गुण समुह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान-२०७९ बाट अभिनेत्री गौरी मल्ल (गुण समुहद्वारा स्थापित)
  • भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति संगीत सम्मान-२०७९ बाट गायिका देविका बन्दना (योगेश्वर अमात्यद्वारा स्थापित)
  • हरिबहादुर हिरादेबी श्रेष्ठ डायमण्ड शम्सेर स्मृति लेखन सम्मान-२०७९ बाट लेखक मौनता श्रेष्ठ (वीरेन्द्र नारायण श्रेष्ठद्वारा स्थापित)
  • शेरबहादुर पोखरेल बिक्रम राणा स्मृति पत्रकारिता सम्मान-२०७९ बाट पत्रकार बिदुर गिरी (राजकुमार पोखरेलद्वारा स्थापित)
  • क्वेष्ट ईन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मान-२०७९ बाट सम्पादक नरेन्द्र खड्का (क्वेष्ट ईन्टरटेन्मेन्टद्वारा स्थापित)
  • मैया देवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द कलाकार सम्मान-२०७९ बाट द्वन्द निर्देशक योगेन्द्र श्रेष्ठ (मधुसुदन प्रधानद्वारा स्थापित)
  • हरि प्रसाद द्वा भगवान दास श्रेष्ठ स्मृति निर्माता सम्मान-२०७९ बाट निर्माता छविराज ओझा (कपिल प्रसाद द्वाद्वारा स्थापित)
  • नन्दबहादुर महर्जन बिरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मान-२०७९ बाट प्रदर्शक तिर्थ प्रधान (नरेन्द्र महर्जनद्वारा स्थापित)
  • राजविर कायस्थ बैकुण्ठ मास्के स्मृति छायॉकार सम्मान-२०७९ बाट छायांकार मन्जु श्रेष्ठ (गोपाल काजी कायस्थद्वारा स्थापित)

भर्खरै प्रकाशित

your adv here