21.1 C
Kathmandu
Friday, September 4, 2026
Homeसमाचारपत्रपत्रिकाआजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने: मेयर बालेन

आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने: मेयर बालेन

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्। शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए।

अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ। ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडाँ पुगे।’ काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ।

नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्‍याउन केही समय लाग्न सक्छ,’ उनले भने, ‘अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यबाद छ।’

उनले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने बताए। ‘थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ,’ मेयर शाहले भनेका छन्, ‘फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ।’

भर्खरै प्रकाशित

your adv here