20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनअमेरिकामा दर खाने कार्यक्रम भव्य रुपमा सम्पन्न

अमेरिकामा दर खाने कार्यक्रम भव्य रुपमा सम्पन्न

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

न्यूयोर्क । नेपाली संस्कृति, सामाजिक एकता र सामुदायिक भावनाको अभिव्यक्तिका रूपमा लायन्स क्विन क्लबको आयोजनामा न्यूयोर्कमा तीज दार खाने कार्यक्रम भव्य र सभ्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमका मुख्य अतिथि महावाणिज्यदूत दधिराम भण्डारी रहेका थिए । उपस्थित अतिथिहरूलाई लायन्स क्विन क्लबकी उपाध्यक्ष रूपा शाहले स्वागत मन्तव्य दिएकी थिइन् । सम्पूर्ण कार्यक्रमलाई आशा पाण्डे तथा लायन्स टोलीले संयोजन तथा सञ्चालन गरेका थिए ।

कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट भएको थियो । त्यसपछि विशेष अतिथिहरूको आसन ग्रहण तथा प्रमुख अतिथिद्वारा दियो प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो ।

लायन्स क्लब विश्वकै सबैभन्दा ठूलो र सम्मानित सेवा संस्थामध्ये एक भएको स्मरण गर्दै स्वागत मन्तव्यमा यस संस्थाले स्वास्थ्य, शिक्षा, दृष्टि–संरक्षण, महिला तथा युवासशक्तीकरण, विपत् व्यवस्थापन र मानव सेवामा पु¥याएको योगदानबारे प्रकाश पारियो । न्यूयोर्कमा सक्रिय लायन्स क्विन क्लबले नेपाली संस्कृतिको संरक्षण, रक्तदान कार्यक्रम, कोभिड–१९ राहत सहयोग, महिला नेतृत्व विकास तथा विभिन्न सांस्कृतिक पर्वहरूको आयोजना गर्दै आएको उल्लेख गरियो । संस्थालाई चार्टर्ड अध्यक्ष श्री रुद्र पुनले स्थापना कालदेखि नै दूरदर्शी नेतृत्व प्रदान गर्दै आएको विशेष चर्चा गरिएको थियो ।

कार्यक्रममा तीज पर्वको सांस्कृतिक महत्त्वबारे मन्तव्य, सांस्कृतिक नृत्य प्रस्तुति, मेहन्दीको महत्वसम्बन्धी प्रस्तुतिहरू, रमाइलो खेलकुद तथा सहभागितामूलक गतिविधिहरू समावेश गरिएका थिए । सहभागी अतिथिहरूले नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

यसैबीच, कार्यक्रम संयोजक एवं युवा समाजसेवी मिङ्गमा शेर्पाको पूर्ण व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै, शेर्पाले आफ्नो मिहिनेत, जिम्मेवारी र संघर्षलाई स्मरण गर्दै यो केवल व्यक्तिगत होइन, सामूहिक समर्पण र सेवाभावको परिणाम भएको बताए ।

अन्त्यमा, लायन्स क्विन क्लबकी अध्यक्ष शान्ति जिरेले धन्यवाद ज्ञापन गर्दै प्रायोजक, स्वयंसेवक, अतिथि तथा सहभागी सबैप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा सहभागी सबैलाई दार खाने आतिथ्य दिइएको थियो, जसले आपसी आत्मीयता र सद्भावलाई अझ मजबुत बनाएको थियो । नेपाली कला, संस्कृति र परम्परागत मूल्य–मान्यताको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले स्थापित यस क्लबले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई एकजुट पार्दै निरन्तर क्रियाशील रहँदै आएको छ।

क्लबले अमेरिकामा मात्र नभई विश्वव्यापी नेपाली समुदायबीच आफ्नो मौलिक कला–संस्कृति परिचित गराउने अभियानलाई प्राथमिकता दिएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम, पर्व–उत्सव, प्रदर्शनी, संगीत तथा नृत्य प्रस्तुति लगायतका गतिविधिहरूमार्फत नेपालीपनलाई जीवित राख्ने कार्यमा यसले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यसका सदस्यहरू आपसी सद्भाव, सहयोग र सहकार्यको भावनासहित नेपालीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन लागिपरेका छन्। साथै, अमेरिकामा नेपालको गरिमा उच्च राख्ने उद्देश्यले सामाजिक सेवा, शैक्षिक कार्यक्रम र सामुदायिक एकताका अभियानहरू समेत सञ्चालन गर्दै आएका छन्।

क्लबका पदाधिकारीका अनुसार, “हामी सबै नेपालीले जहाँ भए पनि आफ्नो संस्कृतिलाई गर्वपूर्वक प्रस्तुत गर्नुपर्छ। यसैलाई ध्यानमा राखेर हाम्रो क्लबले नेपाली कला–संस्कृतिको जगेर्ना, नयाँ पुस्तामा यसको हस्तान्तरण तथा अमेरिकामा नेपालीको पहिचानलाई बलियो बनाउन काम गरिरहेको छ।”

यसरी, अमेरिकामा नेपाली समुदायको सांस्कृतिक दूतका रूपमा परिचित यस क्लबको योगदानले प्रवासी नेपालीलाई आफ्नो देश, भाषा र संस्कृतिप्रति गर्व र आत्मीयता अनुभव गर्न प्रेरणा दिएको छ।

भर्खरै प्रकाशित

your adv here