17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जननेपाल संगीत कल्याण कोषद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेपाल संगीत कल्याण कोषद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । नेपाल संगीत कल्याण कोषको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति कोषका अध्यक्ष रमेश पाठकले गर्नुभएको थियो भने दिग्गज संगीतकार राजु सिंह प्रमुख अतिथि रहनुभएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

यस अवसरमा प्रमुख अतिथि दिग्गज संगीतकार राजु सिंह अनि अतिथि गीतकार तथा प्राज्ञ पुरु लम्सालले शुभकामनाको साथसाथै यस सस्थाले नेपाली संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सकोस् भन्नुभयो । सभापति रमेश पाठकसँगै कोषका पदाधिकारी गायक रामकृष्ण श्रेष्ठ, संगीतकार विनोद पछाई र गायक चेतन राई लगाएतले कोषको गतिविधि सम्बन्धी जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरु कोरियोग्राफर/मोडल कृष्ण रसाल, निर्देशक टेक छिरिङ लामा, नृत्य निर्देशक पारस अधिकारी लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

आयोजकका अनुसार कार्यक्रममा नेपाली कला, संगीत, संस्कृति र पर्वलाई आपसमा जोड्ने सन्देश दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले कलाकारहरूको मनोबल वृद्धि गर्नुका साथै सांस्कृतिक एकता र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here