16.1 C
Kathmandu
Monday, May 4, 2026
Homeमनोरन्जननृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामा लगायतको सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ । जुनियर समूहमा कक्षा २ देखि ५ सम्मका विद्यार्थी र सिनियरमा समूहमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई नृत्य नेपाल संघले सहकार्य गरेको छ ।

प्रतियोगिताको मुख्य निर्णयकमा शम्भु शाही हुनुहुन्छ भने अन्य निर्णयकमा अनिता गोले तामाङ, रमेश बुढाथोकी, कृष्ण रसाल रहनुभएको छ । अडिसन राउण्डबाट छनोट भएका दुईवटै क्याटेगोरीका विद्यार्थीलाई नृत्य कार्यशाला (वर्कसप) गराइनेछ । जसको प्रशिक्षकमा दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले हुनुहुन्छ ।

प्रतियोगिताको वर्कसप दस्तुर तीन हजार ५०० रुपैयाँ तोकिएको छ । आवेदन फारम दर्ता शुल्क ५०० रुपैयाँ रहनेछ । वर्कसपपछि सहभागीको फोटोशुट पनि गरिने आयोजकले जनाएको छ ।  उनीहरूले नेपाली गीतमा मात्र प्रस्तुति दिन पाउनेछन् ।

प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कारमा २० हजार रुपैयाँ, दोस्रोमा १० हजार, तेस्रोमा सात हजार, चौथोमा पाँच हजार र पाँचौं पुरस्कारस्वरूप पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसको साथै उत्कृष्ट हाउभाउ, भेषभूषा, मौलिकता, दर्शकको रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ । आयोजकले ‘नृत्य नेपाली पारा’लाई बालबालिकाको प्रतिभा अभिव्यक्तिको मञ्चका रूपमा प्रभावकारी रूपमा अघि ल्याइने विश्वास व्यक्त गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here