17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारविश्व कीर्तिमानी गितकार डा.उपाध्यायको सङ्गीत क्षेत्रमा पुन:नौलो काम

विश्व कीर्तिमानी गितकार डा.उपाध्यायको सङ्गीत क्षेत्रमा पुन:नौलो काम

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l

समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनियाँ ‘, प्रेम अर्यालले ‘उर्लिरहेका छन्’, धनेश परियारले ‘कुनै घुम्तीमा तिमीले’, नरहरि प्रेमीले ‘हावाले उडायो पछ्यौरी तिम्रो’, काव्य आचार्यले ‘स्वागत छ भाउजू हजुरलाई’, मञ्जु उपासनाले ‘मुटुभित्र मुटुको’ , एच.बी. सुनारले ‘यो मुटु अर्कैसँग’,  बेदु सारु मगरले ‘बत्तीस लक्षण भएकी’ , तुलसी गिरी ‘भावुक’ले  ‘समाजका हरेक कुरामा’ , प्रकाश मिश्रले ‘हामी बादलभित्र’, प्रवीण बराइलीले ‘हाँसीहाँसी दिल चोरेर’ , दिलिप लामाले ‘तिम्रो मेरो चोखो माया’, ज्योति प्रकाशले ‘कसम यो मात हो पिरतीको’, राज सागरले ‘तिमीले रोपेको विषालु काँडा’ र  सुबास प्रधानले ‘सपनीमा आउँछ्यौ तिमी’ बोलका गीतको धुन किबोर्डमा बजाएका थिए l

यसैगरी दीपक चौलागाईंले ‘जान्न चाहन्छिन् ऊनी अचेल’,  पुष्कर खत्रीले ‘जिन्दगीका हरेक रूप’,  अशोक बरालले ‘झिमझिम परेली झिमझिम’, सतिस शाहले ‘तिम्रो हरेक चाहना’ , सुरेन्द्र शाहीले ‘तिम्रो आँखाको नानीभित्र’ , बी.पी. वाग्लेले ‘सगरमाथा हिमाल’ र  तिलक भट्टराईले ‘दसैँ तिहार आयो’ बोलका गीतका धुन बजाएका थिए l यो प्रस्तुति निकट भविष्यमा विश्व रेकर्डमा दर्ता हुने कुरा थाहा भएको छ l

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ , ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५ औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा रहेको कुरा थाहा भएको छ l

भर्खरै प्रकाशित

your adv here